पर्यटन/संस्कृति

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजालद्वारा सिवाकोटी एकलाखले पुरस्कृत हुने

वाशिंगटन डि.सि. । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो। नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुंदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रैवनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ।

नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन्। ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ। समाचार प्रकाशनसंगै सम्पादक सिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहाँको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ।

अन्तमा, विजयादशमी २०७६ का उपलक्षमा ईन्जा सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।