समाचार

टीका लगाएपछि ९२ बर्षीया आमाका खुट्टा ढोग्दै धनराज भन्छन् ‘आमा भगवान हुन्’

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आज विज दशमीको दिन आफ्नी ९२ बर्षीया आमाबाट टीका लगाएका छन् । नेता गुरुङले दीकापछि आशिर्बाद थाप्दै आफ्नी जन्मदिने आमा भनेको भगवान भएको बताउदै खुट्टा ढोगेका छन् । आज २०७६ सालको बडादशैंको सबैभन्दा महत्वपूर्ण दिन विजयादशमीमा सबै नेपालीहरुले आफुभन्द्या ठूलाको हातबाट टीका लगाई आशिबार्द लिएका छन् ।

उनले टीका लगाई ढोगेपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘जन्म दिने आमा भगवान हो। आज विजया दशमीको दिन भगवान रुपी ९२ वर्षीय पुज्य आमाबाट टिका ग्रहण गरि आशिर्वाद थाप्दै।’