तस्विरहरु

वालुवाटार काण्डबाट बिबादमा परेका पौडेलले लगाए राष्ट्रपतिबाट टीका, अरु को को ? (१२ तस्वीर)

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्टलाई टीका लगाएकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्टलाई टीका लगाएकी हुन् ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरराणा लगायत संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, वालुवाटार जग्गा बिबादमा तानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाए ।

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।