सामाजिक सञ्जाल

महरा पक्राउ उनी एक्लैकोमात्र नभएर नेकपा सिद्धिने बाटोको शुरुवातः बुद्धिजिवी संग्रौला

काठमाण्डौ । शाहीत्यकार एवं बुद्धीजिवी खगेन्द्र संग्रौलाले निलम्बित सभामुख कृष्णबहादुर महरा निवासबाटै पक्राउ पर्नु महरा सरको एक्लैमोमात्र नभएर कम्युनिष्ट पार्टीको टाटपल्टाइ र नैतिक पतन भएको विचार व्यक्त गरेका छन् । उनले यो समग्र नेकपा डबलकै अस्तित्व र अस्मिताको वैचारिक र नैतिक क्षयीकरणको उदाङ्गीकरणको अकाट्य दसी पो हो भन्ने बताएका छन् । संग्रौलाले यसबाट नेकपा सिद्धिने बटोमा लम्किएको ठहर गरेका छन् । 

कृष्ण बहादुर महरालाई आईतबार राजीनामा दिएपनि प्रहरीले वालुवाटारस्थीत निवासबाट नै पक्राउ गरेको थियो । उक्त पक्रापछि सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी आउने क्रममा लेखक सँग्रौलाले आफ्नो विचार व्यक्त गरेका हुन् ।

उनी भन्छन्, ‘महरा सरको वैचारिक टाटपल्टाइ र नैतिक पतन महरा सर एक्लैको भए कुरो समान्य हो। तर मान्यवर, यो समग्र नेकपा डबलकै अस्तित्व र अस्मिताको वैचारिक र नैतिक क्षयीकरणको उदाङ्गीकरणको अकाट्य दसी पो हो कि ! हैट्, सोच्दैमा भयावह कुरा!’