बाग्मती

जीपको ठक्करबाट मित्रनगरमा ढकालको मृत्यु

काठमाण्डौ । नयाँ बसपार्कमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ मित्रनगरमा बा १९ च ३५५५ नम्बरको जीपको ठक्करबाट ६५ वर्षीय कृष्णराज ढकालको आज मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते ढकालको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न जीप र चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।