विशेष

पक्राउ परेका महरा दशैंभर हिराशतमा, जनतालाई चित्तबुझ्ने ढंगले अनुसंधान गर्छौँ: प्रमुख सुबेदी

काठमाण्डौ । वालुवाटारस्थीत सभामुख निवासबाट पक्राउ परेका कृष्ण बहादुर महरा दशैंभर हिराशतमा नै रहने भएका छन् । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथी रक्सी पीएर बलात्कार गर्दै कुटपीट समेत गरेको आरोप लागेका कृष्ण बहादुर महराले सभामुखबाट राजीनामा दिएका थिए । उनलाई पक्राउ गर्न निवासमा पुगेको प्रहरीलाई आफैं प्रहरीमा उपस्थित हुने महराको ईच्छा देखिएपछि प्रहरीले त्यही अनुसार गर्ने हो वा प्रहरीको गाडीमा नै लाने हो त्यो छलफल भईरहेको स्रोतको दाबी छ ।

सभामुखबाट राजीनामा दिएपनि उनले संघीय संसदको पदबाट राजीनामा दिएका छैनन् । प्रहरीले महरालाई पक्राउ गर्न अदालतको अनुमती माग गरेबमोजिम आज काठमाण्डौ जील्ला अदालतले पक्राउ गरी अनुसंधान गर्न अनुमति दिएपछि प्रहरीलाई कृष्ण बहादुर महरालाई पक्राउ गर्न बाटो खुलेको थियो । आजै महरा पक्राउ गर्न सरकारी वकीलको कार्यालयसँग प्रहरीले छलफल गरेको थियो ।

सभामुख महराले संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथी गत आईतबार रक्सी पीएर बलात्कार गरी कुटपीटि गरेको समाचार बाहिरिएपछि उनलाई बलात्कारको आरोप लागेको थियो । पीडित शाहीले उनका पति र महरा निकटका ब्यक्तीहरुको दबाबका कारण अन्तरवार्ता दिँदै बयान फेरेकी थिईन् । दबाबमा बयान फेरेको भन्दै प्रहरीले छानबिन गर्नुपर्ने जनस्तरबाट प्रहरीलाई दबाब आएको थियो । त्यहीबीच शनिबारमात्र पीडित शाहीले प्रहरीबृत बानेश्वरमा आफू महराबाट बलात्कृत भएको बताउदै उजुरी दिएकी थिईन् । उजुरी पश्चात प्रहरीले पक्राउ गर्न अदालतको अनुमति लिनुपर्ने कानुन बमोजिम अनुमतीका लागि निबेदन दिएको थियो ।

महरा पक्राउ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दहाल, गृहमन्त्री रामबहादुर थापाबीच छुट्टाछुट्टै छलफल भएको बुभिएको छ । प्रहरीले जनस्तरमा नै विश्वास हुनेगरी त्रुटीरहित ढंगले अनुसंधान गर्ने काठमाण्डौ प्रहरी प्रमुख उत्तमराज सुबेदीले बताएका छन् । महराको बलात्कार काण्ड प्रमाणीत भएमा ३ बर्षसम्म कैद हुने कानूनी ब्यवस्था छ । उनको मुद्धाको टुंगो लाग्नुभन्दा अगाडी साँसद पद जाने नजाने भन्नेमा भने विवाद देखिएको छ ।