समाचार

अन्ततः निबर्तमान सभामुख महरा रक्सी पीएर बलात्कार/कुटपीट गरेको अभियोगमा पक्राउ

काठमाण्डौ । कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथी रक्सी पीएर बलात्कार गर्दै कुटपीट समेत गरेको आरोप लागेका कृष्ण बहादुर महराले सभामुखबाट राजीनामा दिएका थिए । उनलाई पक्राउ गर्न निवासमा पुगेको प्रहरीलाई आफैं प्रहरीमा उपस्थित हुने महराको ईच्छा देखिएपछि प्रहरीले त्यही अनुसार गर्ने हो वा प्रहरीको गाडीमा नै लाने हो त्यो छलफल भईरहेको स्रोतको दाबी छ । महरा प्रहरीको नियन्त्रणमा भने भईसकेका छन् ।

सभामुखबाट राजीनामा दिएपनि उनले संघीय संसदको पदबाट राजीनामा दिएका छैनन् । प्रहरीले महरालाई पक्राउ गर्न अदालतको अनुमती माग गरेबमोजिम आज काठमाण्डौ जील्ला अदालतले पक्राउ गरी अनुसंधान गर्न अनुमति दिएपछि प्रहरीलाई कृष्ण बहादुर महरालाई पक्राउ गर्न बाटो खुलेको हो ।

सभामुख महराले संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथी गत आईतबार रक्सी पीएर बलात्कार गरी कुटपीटि गरेको समाचार बाहिरिएपछि उनलाई बलात्कारको आरोप लागेको थियो । पीडित शाहीले उनका पति र महरा निकटका ब्यक्तीहरुको दबाबका कारण अन्तरवार्ता दिँदै बयान फेरेकी थिईन् । दबाबमा बयान फेरेको भन्दै प्रहरीले छानबिन गर्नुपर्ने जनस्तरबाट प्रहरीलाई दबाब आएको थियो । त्यहीबीच शनिबारमात्र पीडित शाहीले प्रहरीबृत बानेश्वरमा आफू महराबाट बलात्कृत भएको बताउदै उजुरी दिएकी थिईन् । उजुरी पश्चात प्रहरीले पक्राउ गर्न अदालतको अनुमति लिनुपर्ने कानुन बमोजिम अनुमतीका लागि निबेदन दिएको थियो ।

प्रहरीको निबेदन अनुसार महरालाई आज काठमाण्डौ प्रहरीले वालुवाटारस्थीत सभामुख निवासबाट पक्राउ गरेको छ । बलात्कार प्रमाणित भएको खण्डमा महरालाई जेल सजाय हुने देखिन्छ । नेकपा अध्यक्ष पुष्पकमल दहाल निकट मनिने महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासाग प्रहरीले प्रारम्भीक सहमती लिएको बुझिएको छ ।

 

अदालतद्वारा महरालाई पक्राउ गर्न स्वीकृति, केहीबेरमा प्रहरी पुग्ने, साँसद पद आजै जाने !