समाचार

अदालतद्वारा महरालाई पक्राउ गर्न स्वीकृति, केहीबेरमा प्रहरी पुग्ने, साँसद पद आजै जाने !

काठमाण्डौ । निलम्बित सभामुख कृष्ण बहादुर महरालाइ पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतद्वारा प्रकाउ गर्न अनुमति दिएको छ । काठमाण्डौको तीनकुने बस्ने रोशनी शाहीमाथी शुक्रबार बलात्कार गरी कुटपीट समेत गरेको आरोप लागेका सभामुख महराले सोमबार राजीनामा दिएका थिए ।

सभामुखबाट राजीनामा दिएपछि साँसदबाट राजीनामा दिन ब्यापक दबाब आएको भएपनि अहिलेसम्म महराले राजीनामा दिएका छैनन् । घटनास्थलबाट फुटेको चस्मा, जुत्ताको तलुवा र महंगो रक्सी प्रहरीले बरामद गरेको भएपनि पीडितले पछि महरा आफ्नो बुवा समामन भएकाले त्यस्तो कल्पना पनि गर्न नसकिने बयान दिँदै कुरा फेकी थिईन् । महरा निकटका ब्यक्तीहरु र शाहीका श्रीमानको द बाबमा उक्त बयान दिईएको र महरालाई हदैसम्मको कारबाही गर्नुपर्ने माग आईरहेका बेला फेरिएको पीडितको बयानले माहौल परिवर्तन गरिएको भएपनि पछि पुनः उनी ठीक ठाँउमा आएकी छन् । महरालाई प्रहरीले पक्राउ गरेपछि उक्त साँसद पद जाने निश्चित हुनेछ ।

शाहीको फेसबुक केहीदिनदेखी आफुले नचलाएको भनिएपनि श्रीमान वा अन्य कसैले चलाएर जे पायो उही स्टाटसहरु राखेर पीडित शाहीलाई बद्ना गराउन खोजेको प्रहरीको अनुमान छ । महरालाई अदालतले पक्राउ गरीअनुसंधान गर्न आदेश दिएपछि आजै पक्राउ पर्ने र  पक्राउ परेमा आजैदेखी साँसद पद जाने देखीएको छ ।