राजनीति

भ्रष्टाचार र बलात्कार जस्ता काण्डै काण्डले ओली सरकारले देशको बद्नाम गर्योः सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कार, भ्रष्टाचार जस्ता जघन्य अपराधका काण्डै काण्ड मच्चाएका कारण कम्युनिष्ट सररकारले देशको बदनाम गरेको बताएका छन् ।

काठमाण्डौको दशै सम्बन्धी एक कार्यक्रममा बोल्दै सभापति देउवाले डर धम्की दिएर सभामुख कृष्ण बहादुर महराले बलात्कारगरेकी भनिएकी पीडित महिलालाई दुईतिहाई मतको सरकारले रातारात बयान फेर्न लगाएको भन्दै सरकार समाजमा अराजकता ल्याउन कलंक सावित भएको टिप्पणी गरेका छन् ।

सरकारले पीडितलाई न्याय दिनुको सट्टा अझ पीडित बनाएकोमा दुःख लागेको बताउँदै चारैतिर बेतिथी श्रृजना गरेर जनतालाई दुःख र मानशिक यातना दिन ओली सरकार व्यस्त देखिएको आरोप पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाको छ ।

कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकार महंगीका कारण जनता मारमा परिरहेका बेला मुकदर्शक बनेको आरोप लगाउदै सरकारको कार्यशैलीप्रति उनले चर्को आलोचना गरेका थिए ।

शनिबारनै बलात्कारको आरोप लागेकी महिला रोशनी शाहीले बानेश्वरप्रहरीका जाहेरी दिएक्ी छन् भने प्रहरी उनलाई पक्राउ गर्ने अन्तिम तयारीमा रहेको समाचार हल्ला भईरहेको छ ।