समाचार

पदोन्नति भएका सैनिक अधिकारीलाई दज्यानी चिह्न

काठमाण्डौ । उपरथीमा पदोन्नति हुनुभएका दुई सैनिक अधिकारीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति हुनुभएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई आजै प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्यानी चिह्न प्रदान गरेको हो ।

साथै नेपाली सेनाले पदोन्नति हुनुभएका उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको नेपाली सेनाले आज विज्ञप्तिमार्फत जनाएको छ ।