समाचार

वडादशैँको उपलक्ष्यमा प्रदेशवासीमा मुख्यमन्त्रीद्वारा शुभकामना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वडादशैँको उपलक्ष्यमा प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता, सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेको छ ।

आज दिनुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले सांस्कृतिक विविधतायुक्त सुदूरपश्चिम प्रदेशमा वडादशैँले आपसमा खुशीयाली साटासाट गर्न र प्रदेशवासीलाई एकताको सूत्रमा आवद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता आपसी सद्भाव कायम गर्न सहयोग पुर्याएको उल्लेख गर्दै चाडपर्वलाई खर्चिलो भड्किलो नबनाई सांस्कृतिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभकामनासमेत दिएको छ ।