प्रदेश 1

दशैंको मुखमा नेकपाका सयौंद्वारा नेकपा ओली सरकारमा भ्रष्टाचार बढेको भन्दै काँग्रेस प्रवेश

काठमाण्डौ । नेकपाका सयौं कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् । नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले सुनसरीको महेन्द्रनगर, चक्रघट्टीमा मा आयोजित दशैं तिहार शुभकामना कार्यक्रममा उक्त कार्यकर्ताहरुलाई काँग्रेस प्रवेश गराएका हुन् । नेकपाले विजय हाँशिल गरेको बराहक्षेत्र नगरपालीकाको ६, ७ र ८ वडामा पार्ने उक्त क्षेत्र कम्युष्टिको गण स्थानीय तहका रुपमा चिनिएपनि नेकपा सरकारप्रति असन्तुष्टी राख्दै कार्यकर्ताहरुले काँग्रेस प्रवेश गरेको बताएको स्थानीय काँग्रेस कार्यकर्ता पीताम्बर राईले सुर्यखबरलाई बताए ।

काँग्रेस प्रवेश गर्नेहरुमा मनिष चाम्लिङ, बिजय राई, कुशल राई,  भबिन राई, बिकास राई, युवराज, सञ्जय चौधरी, तुफान राई, केवल राई, राजकुमार राई, युक्ती चौधरी, लगन चौधरी, सुनिल राई, मकर लिम्बु, सन्जय राई, राजेन्द्र रायमाझी, महेश राई लगायतका छन् ।

दोस्रो चरणको जागरण अभियान अन्तर्गत झण्डौ ६० हजार कोता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गराउन सफल भएको नेपाली काँग्रेसले अभियान पश्चात पनि कार्यकर्ता प्रवेशको लर्को लगाउन छाडेको छैन ।

काँग्रेस प्रवेश गराउदा गच्छेदार लगायत प्रदेश नम्बर-१ नेपाली काँग्रेसका संसदीय दलका नेता एबम् सुनसरी जिल्ला सभापति राजीव कोईराला, साँसद सिताराम मेहता, प्रदेश साँसद ज्योती सुब्बा, नेता सुर्यदेव उराउ, महासमितिसदस्य बाबुराम बिष्ट, उपेन्द्र कटुवाल, अनु गुरुङ, नेपाल महिला संघ सुनसरीका सभापति बिजया कटवाल, जिल्ला सदस्य राजदिप लामा, मुना रिजाल अधिकारी लगायत नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । 

कार्यक्रम सभापति रत्नबहादुर राउतको सभापतित्व तथा तीर्थ भट्टाईको संयोजकत्वमा भएको थियो ।