पु.समाचार

बलात्कारी आरोपी महराको सभामुखपछि संसद पद जाने निश्चित, कडा कारबाही हुने संकेत

काठमाण्डौ । सभामुखबाट निलम्बनमा परेका साँसद कृष्ण बहादुर महरा बिरुद्ध काठमाण्डौको नयाँबानेश्वर प्रहरीमा बलात्कार प्रयासको उजुरी परेको छ । आईतबार राती पौने ९ बजे सभामुख कृष्ण बहादुर महरा तीनकुनेस्थीत घरमा गएर संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीमाथी बलात्कार प्रयास भएको भन्दै संचारमाद्यममा अन्तरवार्ता दिएपछि उनको बलात्कार काण्ड सामाजिक सञ्जालमा भाईरल भयो । अन्ततः सभामुख महराले आफ्नो पदबाट राजनीनामा दिए । उनलाई सभामुखबाट मात्र नभएर संघीय संसदको पदबाट समेत राजीनामा दिन दबाब आएको बताईएको छ ।

महानगरीय प्रहरी काठमाण्डौका प्रमुख उत्तमराज सुबेदीले सभामुख महरामाथी अनुसंधान भईरहेको बताएका छन् भने प्रहरीले उनको बिरुद्धमा उजुरी परेको स्वीकार गरेको छ । अन्तरवार्तँ दिएर आफू बलात्कारमा परेको बताएकी रोशनी शाहीले पछिल्लो समय पुनः आफु डिप्रेशनमा परेका कारण के बोलेको हो थाहा नभएको बताएकी थिईन् । उनले श्रीमान/महरा निकटका ब्यक्तीहरुको दबाबमा अन्तरवार्ता फेरेको भन्दै प्रहरी प्रशासनको समेत सर्बसाधाणबृतमा छलफल बिरोध भईरहेको थियो । पछिल्लो राजनीतिक घटना क्रमलाई हेर्दा कृष्ण बहादुर महरालाई पक्राउ गनरी अनुसंधान गर्ने सम्भावना बलियो हुंदै गएको देखिन्छ ।

पीडित शाहीको कोठाबाट फुटेको चस्मा, रक्सीको बोतल प्रहरीले बामद गरेको छ भने शाहीले महरा आफ्नो बुवा समानको मान्छे भनेपनि दबाबमा परेर बोली परवर्तन गरेको प्रमाण उक्त दिनको सिसिटिभी फुटेज हेर्दा प्रहरीले उनी त्यहाँ गएको प्रमाणीत हुन्छ । कहरा पक्राउ परे उनको साँसद पद निलम्बन हुने निश्चित देखिएको छ ।

रक्सी पीएर, बलात्कार गरी कुटपीत समेत गरेको आरोप जघन्य भएको भनदै कडा कारबाहीको माग गर्दै महिला अधिकारबादी लगायतले आवाज उठाईरहेकाबेला परेको उजुरीले महराको जिवन जेलमा हुने सम्भावना बलियो बन्दै गएको छ ।