विचार/ब्लग

गाउँमा चहल–पहल र शहरमा सुनशान

काठमाडौं । बर्षमा एकपटक आउने हिन्दुहरुको सबैभन्दा महत्वपूर्ण चाडपर्वको रुपमा हेरिने दशैं हरेक नेपालीहरुका बीचमा आईसकेको छ । वडादशैको सातौं दिन अर्थात फुलपाती शनिबार हिन्दु परम्पराअनुसार घर– घरमा विधिपुर्वक फुलपाती भित्र्याईदै छ । चाडपर्वको चहल पहल गाउँदेखी शहरसम्म देखिएको छ । दशैं भित्रिएसंगै नेपालीको घर– घरमा खुसियाली र छुट्टै रौनक छाएको छ । सबैका घरको पुजा कोठामा यतिबेला पहेँलो जमरा लह–लहाउन थालिसकेको छन् । मांसाहारीका घरमा खसि–बोका, भेडा–च्याङ्ग्रा किन्ने, नयाँ कपडा किन्नेको बजारमा भीड लागिरहेको देखिन्छ । दशैंका लागि आवश्यक पर्ने सामान किनमेल गर्नेको भीड आजभोली सहरका पसलहरुमा देख्न सकिन्छ । हिँड्नलाई बाटो समेत नहुने अवस्थामा छन् अहिले शहरका गल्लि । वडादशै हिन्दु नेपालीको लागि निकै महत्वपुर्ण र महान पर्व पनि हो ।

एकातिर मनपरी ढंगले व्यापारीले मुल्य वढाईरहँदा बर्तमान नेकपा दुईतिहाईको सरकारले मुल्यबृद्धी रोक्न कुनैपनि पहल गर्न सकेको छैन, केवल हाम्रो देशका प्रधानमन्त्री अझैपनि आश्वासनका ठूला गफ दिनमा नै ब्यस्त देखिन्छन् ।

महान पर्व बडादशैंलाई नेपालीहरुले भित्रैदेखी स्वागत गरिरहेका छन् । बर्षभरी जागिरी गर्ने होस् वा आफ्नो व्यापार व्यावशाय गर्ने होस् वा विद्यार्थी होस् सबै दशैं मनाउन मस्त छन् अनि ब्यस्त छन् । सबैका घरमा मीठा–मीठा खानेकुरा पाक्न शुरु भईसकेका छन् । मुलुकमै दशैंका कारण छुट्टै रौनक छाएको छ ।

सर्बसाधारणहरु आफ्नो घर र्फकने भएका हुनाले गाउँमा चहल–पहल र शहरमा सुनशान हुँदै गएको छ । गाउँ फर्कने मानिसको भिडभाड यतिबेला वस पार्कमा देख्न सकिन्छ । यस्तै दशैंको भिडभाडको मौका छोपेर वसपार्क मै पनि यात्रुहरुलाई टिकट–काउन्टरमा महंगो पैसा लिएर टिकट बिक्री गरी यात्रु ठगीरहेको समाचारहरु आईरहेको छन्,

बडादशैको रौनक छाईरहँदा बजारमा व्यापारीहरु देखि बिचौलियासम्म चाडपर्वको मोका छोपेर महंगी वढाउन व्यस्त छन् । घरायसी सामान, तरकारी देखी लिएर हरेक कुरामा मुल्य बढाएर व्यापारीले गरिब जनताको ढाड सेकिरहेका छन् । वजारमा कालो बजारीयाहरुको कारण हरेक सामानको मुल्य अत्यधिक वढेको छ । यति बढेको छ कि किन्नै नसक्ने गरी ।

 

मुल्य बृद्धीमा सबैले खानैपर्ने तरकारीको मुल्य आकासिएको छ एक मुठा सागलाई १ सय ५० रुपैयाँ सम्म तिर्न वाध्य छन् सर्बसाधारणहरु । हुनेखाने र पैसावालाका लागि मात्रै हो कि दशैंं प्रश्नचिन्ह खडा भएको छ ।

आर्थिक अवस्था कमजोर हुनेका अभिभावकलाई दशैंमा खुशियाली भएपनि दशैंमा कसरी ईज्जत धानेर पाहुनालाई बिदागर्ने भन्नेचिन्ता पनि त्यतीकै देखिन्छ, धेरैजसो नेपालीहरुलाई दशैं कसरी टार्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । ठूलो परिवार हुने मध्यम बर्गीय परिवारका लागि दशैंमा थोरै तिन खर्चले केहि पनि नहुने देखिन्छ ।

काठमाण्डौ एक तरकारी पसलमा प्रति मुठा एकसय ५० रुपैयाँका साग देखाउँदै व्यापारी । तस्वीर/सुर्यखबर

खसीको मासुमात्रै प्रति केजि १३ सय सम्म पुगिसकेको छ भने च्याङ्ग्राको १८ सय पुगीसकेको छ । एकातिर मनपरी ढंगले व्यापारीले मुल्य वढाईरहँदा बर्तमान नेकपा दुईतिहाईको सरकारले मुल्यबृद्धी रोक्न कुनैपनि पहल गर्न सकेको छैन, केवल हाम्रो देशका प्रधानमन्त्री अझैपनि आश्वासनका ठूला गफ दिनमा नै ब्यस्त देखिन्छन् । बजार अनुगमनलाई तिब्रता दिएको सरकारले दाबी गरेपनि उपलब्धी भने शुन्य रहेको छ । सरकारले तोकेको मुल्यभन्दा दोब्बरमा व्यापारीले हरेक सामान बेचिरहेको समाचार आईरहेका छन् ।

समाजमा विकृतिको रुपमा फैलिएको देखा–सिकी गर्ने परम्पराले त झनै हरेक चाडपर्वमा नेपालीहरु लखौंको ऋणमा चुर्लुम्म डुबिरहेका हुन्छन् । आफ्नो आर्थिक अवस्थालाई भन्दा पनि अरुले के गर्याे हेर्ने कारण पनि झनै चाडपर्वमा कयौं नेपालीले दुःख पाईरहेका छन् ।

बिचौलीयासंग सरकारको मिलेमतो भएर हो वा किन हो मुल्य बृद्धिको बिषयमा सरकारले कुनै चासो नै दिएको छैन जस्ले गर्दा व्यापारीेले मनलाग्दि मुल्य बढाएका छन् । प्रत्येक वर्ष आउने नेपालीहरुको दशैंजस्तो महान पर्वले गरिब जनतालाई ऋणको भारी बोकाएर दसा ल्याउने मात्रै गरेको हुन्छ । चाडवाडको रमझम चलिरहंदा आर्थिक अभाव कम हुनेका लागि दशैंं दशा बनेर आउने गर्दछ । एक छाक खाने जुटाउन गाह्रो पर्नेहरुका लागि दशैं खर्च जुटाउनै हम्मे– हम्मे हुने गर्दछ ।

भगवतीबहाल मन्दीरमा पुजा गर्न भक्तजनको भीड। तस्विर/ सुर्यखबर

यतिमात्र होईन, समाजमा विकृतिको रुपमा फैलिएको देखा–सिकी गर्ने परम्पराले त झनै हरेक चाडपर्वमा नेपालीहरु लखौंको ऋणमा चुर्लुम्म डुबिरहेका हुन्छन् । आफ्नो आर्थिक अवस्थालाई भन्दा पनि अरुले के गर्याे हेर्ने कारण पनि झनै चाडपर्वमा कयौं नेपालीले दुःख पाईरहेका छन् । चाडपर्व आफ्नो आर्थिक स्थितअनुसार मनाउनु पर्नेमा चड्कीलो र भड्कीलो शैलीमा मनाउने प्रचलनले समाजमा दशैंलाई हेर्ने दृष्टीकोण नै परिवर्तन होला कि भन्ने डर देखिन्छ ।

जसलाई हिन्दुहरुले महत्वका साथ मान्ने गर्दछन् । दशैं मनाउनका लागि परदेशमा गएकाहरुपनि घर फर्कने गर्दछन्, शहरमा बसेकाहरु आमा– बुवाको हातको टीका लगाउन आफ्नो गाउँ फर्कने गर्दछन् । आमा बुवा वा घरका अन्य अभिभावकको हातबाट टीका लगाउन र आर्शिवाद लिनका लागि मुलुकको जुनसुकै कुनाबाट पनि अधिकाँस नेपालीहरु आफ्नो घर फर्कन्छन् ।

चाडपर्व भनेको सबैले क्षणभरको दुःखलाई विर्सिएर सब परिवार एक साथ भेला भई मनाउने पर्व हो । जुवातास नखेलौं, मादक पदार्थ सेवन नगरौं, चड्किलो भड्किलो तरिकाले नमनाऔं ।

जे जस्तो भएपनि अमेरिका, बेलायत, अष्ट्रेलीया, क्यानडा तथा खाडी मुलुक गएका दाजु, भाई, दिदी, बहिनी तथा आफन्तजनहरु दशैं मा सानालाई आर्शिवाद दिन र ठुलाबाट आर्शिवाद लिन आफ्नो मुलुक फर्कनेको लर्को यतिबेला अन्तराष्ट्रिय बिमानस्थलमा भीड लागेको देख्न सकिन्छ ।

 

दशैंलाई राष्ट्रिय पर्वका रुपमा अझै विकास गरौं, शुभकामना !

 

सर्बसाधारणहरु आफ्नो घर र्फकने भएका हुनाले गाउँमा चहल–पहल र शहरमा सुनशान हुँदै गएको छ । गाउँ फर्कने मानिसको भिडभाड यतिबेला वस पार्कमा देख्न सकिन्छ । यस्तै दशैंको भिडभाडको मौका छोपेर वसपार्क मै पनि यात्रुहरुलाई टिकट–काउन्टरमा महंगो पैसा लिएर टिकट बिक्री गरी यात्रु ठगीरहेको समाचारहरु आईरहेको छन्, यानिकी ट्राफिक प्रहरी महासाखाले भने अनुगमनका लागि सादा प्रहरी परिचालन गरिएकोले खबर पाए यात्रुलाई ठग्नेलाई तत्काल कारबाही गने जनाईसकेको छ ।

चाडपर्वको चहल–पहल र रौनक छाईरहंदा मुलुकका विकट ठाउँका मानिस र गरिब जनता भने एक छाक मीठो अनि पेट–भरि खाना खानलाई दशैंं कुरिरेर बसेका पनि छन् । हुम्ला, जुमला, मुगु लगायतका कर्णलीका विकट जिल्लामा यतिबेला भातखाने चामलको अभाव खड्किएको छ ।

चाडपर्वको चहल–पहल र रौनक छाईरहंदा मुलुकका विकट ठाउँका मानिस र गरिब जनता भने एक छाक मीठो अनि पेट–भरि खाना खानलाई दशैंं कुरिरेर बसेका पनि छन् । हुम्ला, जुमला, मुगु लगायतका कर्णलीका विकट जिल्लामा यतिबेला भातखाने चामलको अभाव खड्किएको छ ।  भुकम्प, बाढीपहिरोका कारण पीडित बनेका नेपालीहरु जो घरबार बिहीन भएका छन् त्यस्ता नागरिकका लागि दशैँले छुनै सकेको छैन । वस्ने घरको नै ठेगान नभएको अवस्थामा पर्व मनाउनु दशैं नभएर दशा भईदिएको छ ।

राजधाानीको एक माशु पसलमा माशु बेच्न काट्दै एक ब्यापारी । तस्वीर/सुर्यखबर

बिबिध कुराहरु भएपनि दशैं शताब्दीयौंदेखी नेपाली हिन्दुहरुले मनाउदै आएको चाड हो । आर्थिक रुपमा बलिया होस् वा दुर्बल जसरी तसरी सबैंले बडा दशैं चाड मनाईरहेको अवस्था छ। आफन्तजन, साथीभाईबीच पे्रम बढ्ने, भेटघाट हुने मौका समेत पाईने हुनाले यसलाई महत्वका साथ नै हेर्नुपर्दछ, मात्र दशैंमा लागेको ऋण तिर्न बर्षदिन लाग्नेगरी खर्च नगरौं भन्ने हो । चाडपर्व भनेको सबैले क्षणभरको दुःखलाई विर्सिएर सब परिवार एक साथ भेला भई मनाउने पर्व हो । जुवातास नखेलौं, मादक पदार्थ सेवन नगरौं, चड्किलो भड्किलो तरिकाले नमनाऔं । आफनो आर्थिक अवस्था हेररे मात्रै खर्च गरौं । घाँटी हेरी हाड निलौं, दशैंलाई फेशनको रुपमा नभई एउटा मुलुकको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय पर्वका रुपमा विकास गरौं । सुखद रहोस सबैलाई शुभकामना !