सूचना प्रविधि

एनसेलको दशैं अफरः रिचार्जमा डेटा बोनस

काठमाण्डौ । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनसको मजालिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् ।

एनसेलले आफ्नाग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत रु १०० देखि रु १००० सम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना शुक्रबा बाट १५ दिनका लागि संचालनमा रहने छ ।

यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुलेदुई दिन समयसिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समया वधिभएको ३०० एमबी डेटा पाउने छन् ।

त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँचदिन भित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्तगर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् ।

रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदानगर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।