आर्थिक

ज्योति विकास बैंक र बतास समूहअन्तर्गतको इस्टर्नएजेन्सीबीच सम्झौता

कठमाण्डौ । ज्योति विकास बैंक र बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीबीच शुक्रबार १७ गते सम्झौता भएकोछ। सम्झौता अन्तर्गत इस्टर्न एजेन्सीको सिफारिसप्राप्त ग्राहकहरुले आइसर ब्राण्डका गाडि खरिदकोलागि ज्योति विकास बैंकमार्फत ७०५ सम्म कर्जाप्राप्त गर्नेछन्।

सम्झौतापत्रमा ज्योति विकास बैंककोतर्फबाट बैंकका नायबमहाप्रबन्धक सुशील कुमार शर्मा तथा इस्टर्न एजेन्सीकोतर्फबाट इस्टर्नएजेन्सीका प्रमुख कार्यकारी अधिकृत दिमप्रसाद पौडेलले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट आइसर ब्राण्डकागाडि ग्राहकवर्गहरुलाई ७०५ सम्म कर्जासहित सजिलै प्राप्त हुनेछ।बैंकको देशभरिफैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटो मोबाइल्स क्षेत्रमा मन जित्न सफल आइस र ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। इस्टर्न एजेन्सीले देशभ र फैलिएको आफ्नो सञ्जालबाट सेवा ग्राहिहरुलाई आइसर गाडि खरिद तथा विक्री पश्चातको सेवा दिंदै आएको छ।

यो ब्राण्डका स्कुल बसहरुले नेपाली बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ। स्कुल बसहरुमा लगानी गर्नको लागि ज्योति विकास बैंकसदैव तयार रहेको व्यहो राजानकारी कम्पनीले गर्दछ।