राजनीति

बलात्कारको अभियोग लागेका निलम्बित सभामुख महरा प्रकरण सामसुङ पर्न खोजे अनिष्टः गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केनद्य्रीय सदस्य एवं युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निबर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रकरण बिनाशर्त छानविन गर्न आग्रह गरेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा साँसद समेत रहेका नेता थापाले कानूनी प्रकृया बन्धक बनाउने अधिकार कसैलाई नभएको भन्दै नेकपा दुईतिहाई सरकारका कारण नेपालमा संस्थागतहुन लागेको लोेकतन्त्रको सुन्दर पक्षमा कालो धब्बा लागेको बताएका छन् ।

उनले साँझ सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यो बलात्कार घटनालाई सामसुम बनाएर टार्न खोज्न लाग्या हो भने त्यसो नठान्न चेतावनी पनि दिएका छन् । उनले जघन्य घटना भएकोले सामसुङ पार्न खोजे अनिष्ट हुने पनि भनेका छन् ।

उनको स्टाटस्, ‘प्रधानमन्त्रीज्यू, महरा प्रकरणमा कुनै तजविज नराखी अविलम्ब कानून बमोजिम छानवीन प्रक्रिया अगाडि वढाइयोस्। कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन। यो प्रकरण सामसुम बनाउन सकिन्छ भन्ने नठान्नुहोला। सरकारको लाचारीकै कारण लोकतन्त्रको सुन्दर चित्रमा कालो धब्बा लाग्न दिने छैनौं।‬’