पर्यटन/संस्कृति

धर्म/संस्कृति रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्छ, म पनि सकेसम्म लाग्छुः नेतृ देउवा

कलैया । नेपाली काङ्ग्रेसकी नेत्री डा आरजु राणा देउवाले काङ्ग्रेस सरकारमा नरहे पनि आफ्नो स्तरबाट गढीमाई मेलालाई सक्दो सहयोग गर्ने बताएकी छन् । कार्यक्रममा आफूलाई धार्मिक कार्यमा सहयोग गर्दा आनन्द आउने बताउँदै काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी डा. देउवाले धर्म संस्कृति रक्षाका लागि सबै नेपालीहरु एकजुट हुनुपर्ने धारणाराखेकी थिईन् ।

पञ्च वर्षीय गढीमाईको मूल समितिको कार्यालयको उद्घाटन कार्यक्रममा सांसद राणाले मेलालाई व्यवस्थित गर्नका लागि सहमति, सहकार्य एवं एकताको खाँचो रहेको बताईन् । “सबैजना मिलेर मेलालाई व्यवस्थित गर्नुपर्छ”, उनले भने । गढीमाईलाई विकास कोषको रुपमा अगाडि ल्याउनुपर्ने सांसद राणाको भनाइ थियो । नेपाल र भारतबाट मेला भर्न आउने भक्तजनको सुबिधाका लागि ध्यान उनले समितिका पदाधिकारीसँग आग्रह गरे ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन सो कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानु, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्र नं २ का सभापति रामप्रवेश यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मेलामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।