राजनीति

महरा प्रकरण छानबिनमा दुई तिहाईको ओली सरकार कुम्भकर्ण झैं निदायोः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख कृष्ण बहादुर महरा प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

उक्त प्रकराणको ५ दिन बितिसक्दा पनी दुई तिहाईको सरकारले कुनै कामै नगरी कुम्भकर्ण झै निदाए को भन्दै आपक्ति प्रकट गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्राईले उक्त प्रकरणको छानबिनमा  सहयोग गर्न पनि सभामुख महरालाई  आग्रह पनि गरेका छन् । साथै सरकारले यो विषयमा कुनै काम नगरे जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापीत गर्ने र लोकतन्त्रको रक्षामा आफुहरु लाग्ने बताएका छन् ।

उनको ट्वीटः ५ दिनसम्म यसबारे किन कुनै छानवीन प्रक्रिया शुरू भएको छैन २–३सरकार किन कुम्भकर्णे निद्रामा छरुछिटो उच्चस्तरीय स्वतन्त्र,निष्पक्ष छानवीन होस् र कानूनी प्रक्रिया अघि बढोस्१महराले त्यसमा पूर्ण सहयोग गरून् ? नत्र जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापित गरौंसलोकतन्त्रको रक्षा गरौं ।