समाचार

समाचार लेखेकै भरमा पत्रकारलाई धम्क्याउने नेकपा कार्यकर्तालाई कारबाही गर्न तरुण दलको माग

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष विजतजंग बस्नेतले प्रेश यूनियनका महासचिव अजयबाबु शिवाकोटीले कृष्णबहादुर महराको बिषयमा लेखेको समाचारलाई लिएर उनलाई भएको सुरक्षा थ्रेटका बिषयमा तरुण दललाई ध्यानाकर्षण भएको बताएका छन् । धम्की दिने नेकपाका कार्यकर्तालाई कारबाही गर्न अध्यक्ष बस्नेतले माग गर्दै लोकतन्त्रमा गलत गर्नेलाई खबरदारी गर्ने पत्रकारलाई बर्तमान सरकारले डरत्रासको वातावरण श्रृजना गरेको नजिरका रुपमा शिवाकोटी भएको बताए ।

अध्यक्ष बस्नेतले भ्रष्टाचार अन्याय अत्याचार, बेतिथी, बलात्कार लगायत सामाजिक अपराध बिरुद्ध खोज पत्रकारिता गर्दै लोकतन्त्रलाई बलियो बनाउने कार्यमा सकृय पत्रकारहरुमाथी समाचार लेखेकै भरमा गुण्डाराज शैलीमा आक्रमण गर्ने कम्युनिष्ट सरकारका बिरुद्धमा उत्रन बाध्य हुने जनाएका छन् । सभामुख कृष्ण बहादुर महराले शोश्नी शाहीमाथी यौन दुव्र्यबहार गरेको भन्ने समाचार पत्रकार शिवाकोटीले भाईरल बनाएपछि सभामुख महराको पद गएपछि क्रर बनेका नेकपाका केही व्यक्तीहरुले पत्रकार शिवाकोटीमाथी आक्रमण गर्ने धम्की दिएको जानकारीमा आएपछि तरुण दलले उक्त धम्कीप्रति आपत्ती जनाएको छ ।

नेकपा दुईतिहाई मतको केपी शर्मा ओली सरकारका भ्रष्टाचार, अनियमीतता लगायतमा देशब्यापी आन्दोलन गरेर सरकारदलाई घुँडा टेकाउन सफल भएको तरुण दलले लेख्ने वोल्ने स्वतन्त्रताको हनन गर्दै पत्रकारलाई त्रशित बनाउने कार्य सरकारको संरक्षणमा नेकपाले गरेमा जस्तोसुकै कदम उठाउन बाध्य हुने अध्यक्ष बस्नेतले बताएका छन् ।