समाचार

सत्ताको आडमा लेख्ने कलमलाई कसैले पनि कमजोर पार्न सक्दैनः नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले हिजो निरंकुश र हिंसाको निशानामा नडगेको कलम आज सत्तारुको आडमा कसैले कमजोर पार्न नसक्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता थापाले सभामुख महरा प्रकरणमा रिपार्ट गर्ने पत्रकार हाम्राकुरा डटकम तथा अनलाईनमा सम्पादक अजयवाबु सीवाकोटी तिर ईङगीत गर्दै कसैको डर र धम्कीबाट कत्तिपनि बिचलीत नभई  मनोवल उच्च पार्न आग्रह गरेका छन् ।

शाहीसत्ताका विरुद्ध आन्दोलनमा यस्ता धम्कीको टपक– पटक सामना गरेको बताउँदै बिचलीत नभई आफ्नो काम गर्न आग्रह गरेका हुन् । साथै न्यायका निम्ति आवाज उठाउने असंख्य नेपालीको उर्जाले अझै मजवुत बनाएको उनकोे भनाई छ ।

उनको ट्वीटः शाहीसत्ता विरुध्दको आन्दोलनमा यस्ता धम्कीको सामना पटक–पटक गरेकै हो, मनोवल उच्च बनाउनुहोस् । हिजो निरंकुशता र हिंसाको निशानामा त नडगेको त्यो कलम आज सत्ताको आडमा कसैले कमजोर बनाउन सक्दैन । न्यायका निम्ति आवाज उठाउने असंख्य नेपालीको उर्जाले तपाईंलाई अझै मजवुत बनाएको छ।