राजनीति

मुलुक सुरक्षित रहेमा मात्र राजनीति र सरकार सुरक्षित रहन्छः नेता रावल

काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पाार्टि नेकपाका नेता भिम रावलले देश सुरक्षित रहेमा मात्र राजनीति र सरकार सुरक्षित रहने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले मुलुकमा रहेका मुलुकका संवेदनशिल अंग सीमा स्तम्भहरु दिन–प्रतिदि गाएब भैरहेको भन्दै त्यसप्रति गम्भिर बन्न सरकारलाई सुझाव दिएका हुन् ।

हाल सम्म मुलुकका २७१६ स्तम्भ गाएभ भएकोले त्यसको संरक्षण खोजि र पुनः निर्माणलाई उच्च प्राथमिकतामा राखेर तत्काल काम थाल्न उनले आग्रह गरेका छन् ।

उनको ट्वीटः  देशको सीमा संरक्षणको संवेदनशील विषयसंग सम्बन्धित २७१६ सीमा स्तम्भ गायव भन्ने समाचार आयो । यी सीमा स्तम्भको खोजी र पुनःनिर्माणलाई उच्चतम प्राथमिकतामा राखेर नेपाल सरकारले तत्काल काम थालोस् । देश सुरक्षित भएमात्र राजनीति र सरकार पनि सुरक्षित रहने तथ्य सबैले बुझेकै कुरा हो ।