अन्तर्राष्ट्रिय

राजनीतिक गतिरोधबीच इजरायली सांसदहरूद्वारा सपथ ग्रहण

एजेन्सी । इजरायलमा केही दिन पहिले भएको निर्वाचनको परिणामबाट कुनै पनि पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि सरकार गठनका बिषयमा देखिएको राजनीतिक गतिरोधबीच यहाँका सांसदहरूले बिहीबार संसद सदस्य ९क्नेसेट० का रूपमा सपथ ग्रहण गरेका छन् ।

निर्वाचनमा सत्तारूढ लिकुद पार्टीले निर्वाचनमा अनपेक्षित हार ब्यहोरेको थियो । संसदमा १२० सदस्यका लागि सेप्टेम्बर १७ मा भएको निर्वाचनमा लिकुदले ३१ सीट मात्र जित्न सफल भएको थियो ।

त्यस्तै निर्वाचनमा विपक्षी दलका नेता बेन्नी गान्जको ‘ब्लु एण्ड ह्वाइट अलाएन्स’ ले ३३ सीटका साथ अग्रस्थानमा उभिएको छ । अन्य स्थानस्वतन्त्र तथा क्षेत्रीय दलहरूले जितेपछि सरकार गठनका लागि स्पष्ट समीकरण बन्न सकिरहेको छैन ।

सरकार गठनका लागि स्पष्ट बहुमत कुनै दलले पनि नपाएपछि राष्ट्रपति रेउभिन रिभ्लिनले काम चलाउ प्रधानमन्त्री नेतन्याहु र विपक्षी दलका नेता गान्जलाई संयुक्त सरकार बनाएर राजनीतिक गतिरोधलाई अन्त्य गर्न आग्रह गर्नुभएको थियो । तर सरकारको नेतृत्वको बिषयमा सहमति निस्कन नसकेपछि सरकारको बिषय टुङ्गो लाग्न सकेको छैन ।