खेलकुद

ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान

काठमाडौं । तेश्रो दक्षिण एसियाली यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स प्रस्थान गरेको छ ।

पुरुष खेलाडीमा प्रिन्स दाहाल, प्रफुल्ल महर्जन र रुकेश महर्जन तथा महिलामा रसिला महर्जन, जेशिका गुरुङ र सीमा राजवंशी रहेका छन् ।

प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाह छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।