समाचार

देशमा बढेका भ्रष्टाचार, अन्याय र अत्याचारको जिम्मा ओली र प्रचण्डले लिनुपर्छः ज्ञानेन्द्र शाही

काठमाण्डौ । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले राजनीतिक दलका नेता कार्यकर्ता मानवजअधिकार भन्दा माथी भएको, संबिधान र कानूनभन्दा माथी भएको बताएका छन् । देशमा लोकतन्त्र वा गणतन्त्र नाममात्रको भएको भन्दै अक्रोस पोखेको छन् । विदेशमा भएका नेपालीलाई मतदानको अधिकार नदिएर अन्याय गरेको बताए । मुलुकमा अख्तियार दुरुपयोग अनुसंधान आयोगले दलका नेता कार्यकर्ता वा झोले र भरौटेलाई बेग्लै कानून र सर्बसाधारणलाई छुट्टै कानून भएको दाबी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगले सर्बसाधारणलाई जिवनभर न्यायका लागि जग्गा बेचेर हिँड्दापनि न्याय नपाउने तर दलका नेता कार्यकर्तालाई अनुसंधान नै नगर्ने आरोप लगाएका छन् । आफू पनि नेपाली नागरिक भएको र ज्यानको माया भएको भएपनि चितवन प्रहरीले आफूविरुद्ध अन्याय गरेको विचार व्यक्त गरेका छन् । आफू एक्लैले वा एकजनालेमात्र मुलुक बनाउन नसक्ने भन्दै राजाबादी देखी गणतन्त्रबादीसम्म सबै नेपालको राष्ट्रिय झण्डाकाबीचमा अटाउ भन्ने आफ्नो अभियान भएको बताए । भ्रष्टाचार बेथीती, अन्याय अत्यचारका विरुद्धमा सबै उत्रिएर हिँडेनुपर्छ, सन्ततीले नेपाल छाडेर अष्ट्रेलीया, अमेरीका जानुपर्ने अवस्था नआओस भन्ने आफूलाई भावना जागेको उनले बताए ।

विदेशमा बस्ने ८० लाख भन्दा बढी नेपालीहरुलाई दशै, तिहार वा छठले नछुने भन्दै उनीहरुका लागि चैं नेपाली होईनन् भन्ने हो त ? यस्तै अवस्था रहेमा मुलुक अन्धकार रहने दाबी गरेका छन् । मोवाईलमा आफन्तको फोटो हेरेर चित्त बुझाउनुपर्छ । हरेका युवायुवती विदेश जानुको विकल्प देख्दैनन्, गणतन्त्र र लोकतन्त्र के का लागि भन्ने प्रश्न खडा भएको छ उनी भनछन् । विश्वभर दासप्रथाको अन्त्य भएपनि नेपालमा दास प्रथाको अन्त्य नभएको दाबी गरेका छन् । दलहरुले युवालाई कार्यकता बनाएर गुण्डा, चाकरी गर्ने ब्यक्तीको रुपमा विकास गरेको उ सधैं नेताको झो बन्ने परम्पराको विकास भएकोमा असन्तुष्टी पोखेका छन् । यस्ता प्रश्नको उत्तर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले दिनुपर्ने बताएका छन् ।

शाही चितवनमा नेकपा कार्यकर्ताको आक्रमणमा परि सख्त घाईतेभई केही ठीक भएपछि गरिएको पहिलो मिडिया सम्मेलनमा उक्त कुरा बताएका हुन् । शाहीले पत्रकार सम्मेलनमा आफूले मुलुककोलागि राम्रो काम गर्न खोज्दा चितवनमा प्रहरी र राज्यबाट नै आफूबिरुद्ध साँघातिक आक्रमण भएको भन्दै दुःख लागेको बताएका छन् । आफूहरुले चितवनका प्रहरी प्रमुख दानहादुर मल्लका बिरुद्धमा मुद्धा हालेको भन्दै उनलाई कारबाही हुनुपर्ने बताए ।