आर्थिक

वेस्टर्न युनियनको नगद रकम जित्न सक्ने मौका

काठमाडौं । बडा दशैं, तिहार तथा छठको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतित्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ तारिखदेखि नोभेम्बर १६ तारिखसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रबद्र्धन योजना ल्याएको छ ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले प्राप्त रकमको दोब्बर नगद जित्न सक्नेछन् । उक्त रकम बढिमा रु ५० हजार मात्र हुनेछ र १६ नोभेम्बरसम्म लागू गरिनेछ ।

यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता २२ नोभेम्बर, २०१९ मा घोषित गरिनेछ ।

“मुल रुपमा भन्नुपर्दा हामी मानिसहरुलाई जोड्ने एक सञ्जाल हौं । वेस्टर्न युनियले २० वर्ष भन्दा अगाडि यात्रा शुरु गरेको हो र हामी ग्राहकहरुको वफादारी र विश्वासको प्रशंसा गर्दछौं । हामीले २० वर्षदेखि शिक्षा, स्वास्थ्य, निरन्तर सहयोग र अन्य थुप्रै प्रयजनका लागि नेपाली प्रवासीहरु पैसा उनीहरुको घरमा रहका प्रियजनहरुसँग पुर्याएर उनीहरुलाई जोड्न मद्दत गर्दै आएका छौं । यो प्रवर्धन भनेको हामी प्रति विश्वास राख्ने ग्राहकहरुलाई कदर दर्शाउने र अझ गुणस्तरीय सेवा तथा उत्तम ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धता हो”, वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भने ।