सूचना प्रविधि

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’अब १० देशमा

काठमाडौंं । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदाबिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको छ ।

यो सँगै अबभारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुकालागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथापोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

यो सेवाबाट लाभलिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याकलिन सक्छन् ।

यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याकमाथिउल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वा ती गन्तव्यहरुमा पुगेपछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरको हुनु पर्नेछ ।