आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाण्डौ । मुक्तिनाथ विकास बंैकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बंैकको सानातथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकममिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथानिजले इच्छाएको व्यक्ति सुर्य प्रसाद वराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख  वावुराम ढकाल, बुढिबजार शाखाका शाखाप्रमुख रामचन्द्र रानाभाट तथा साना लघु वैकिङ्क प्रमुख ध्रुव राज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धनवहादुर नेपालीले संयुक्त रुपमा निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासि रुपैयाँमात्र र काजकिरिया खर्च रु पाँचहजार समेत गरी अक्षरुपी दुई लाख अठहत्तर हजार नौ सय त्रियासि रुपैयाँमात्र बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।