आर्थिक

मृतक परिवारलाई बिमाको रु ५८ लाख प्रदान

काठमाडौं । प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृतक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी रु ५८ लाख ५० हजार उपलब्ध गराएको छ ।

बिमा कम्पनीले एक कार्यक्रम गरी मृतक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत रु २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको हो । पहिलो किस्ताबापत रु ३१ लख ५६ हजार यसअघि नै उनलाई हस्तान्तरण गरि सकिएको प्राइम लाइफ जुम्लाका शाखाका प्रमुख करबहादुर शाहीले बताएका छन् ।

लक्ष्मीप्रसाद उपाध्यायले विसं २०७४ पुस २४ गते रु ३० लाखको बिमा गराएका थिए । उनको २०७५ पुस २४ गते शौचालयमा जलेर मृत्यु भएको थियो । मृत्युपूर्व भने एक किस्ताको रकम रु दुई लाख १० हजार तिरेको परिवारले जनाएका छन् ।

जुम्लामा २६ मृतक परिवारलाई बिमाअनुसारको रकम उपलब्ध गराइएको बिमा कम्पनीका प्रदेश प्रमुख रामबहादुर शाहीले बताए ।