प्रदेश 2

पर्सा प्रहरीद्धारा फरार अभियुक्त ५ वर्षपछि पक्राउ

पर्सा । पर्सा प्रहरीले ६ वर्षको कैद सजाए पाएका एक फरार अभियुक्तलाई ५ वर्ष पछि पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले २०७१ सालमा ६ बर्ष कैद र १० हजार जरिवाना तोकिएको लागु औषध खैरो हेरोईन मुद्दाका फरार अभियुक्त लाई फक्राउ गरेको हो ।

जिल्ला पर्सा बिरगंज महानगरपालीका  वडा नं २३ बस्ने सुकदेव कुशवाहाको छोरा बर्ष ३६ को सोनालाल प्रसाद कुशवाहालाई हिजो पक्राउ गरेको प्रहरीले बताएको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा बुधबार साँझ सवा ६ बजे पर्सा बी ।

महानगरपालीका वडा नं  १३ राधेमाई चोक स्थितबाट नियन्त्रणमा लिएको हो । फक्राउ परेकोलाई आवश्यक कारवाहिको प्रकृया अघि बढाएको प्रहरीले बताएको छ ।