समाचार

अबैध घरेलु मदिरा उत्पादनका लागि बनाईको खाल्डोमा एक बालिका सहित पाँचको शव फेला

बारा । अबैध घरेलु मदिरा उत्पादन गर्ने स्थानमा बारामा एक बालिका सहित ५ जनाको मृत्यु भएको छ । अवैध रुपमा मदिर उत्पादन गर्ने क्रममा करेन्ट लागेर हिजो साँझ एक बालिकासहित पाँच जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

बाराको फेटा गाउँपालिका ४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उनकि पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर हो कि अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुगेका भएका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् । ४–५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको पानीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताए ।