प्रवास

भेनेजुयला ‘मिस ग्राण्ड इन्टरनेशनल’ नेपालको प्रतिनिधित्व निशाले गर्ने

काठमाडौं । भेनेजुयलाको काराकास शहरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन् । ९ देखि २६ अक्टोबरसम्म आयोजना हुने प्रतियोगितामा निशा नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेकी हुन् । उनी नेपालको एक्लो प्रतिनिधि हुन् ।

उक्त प्रतियोगितामा नेपालको प्रतिधित्व गर्न लागेकी निशालाई कस्मो ट्रेडिङ प्रालीले नगद रु ५०,००० समेत सहयोग गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच कस्मो ट्रेडिङका अध्यक्ष रेशम लामाले निशालाई रकम हस्तान्तरण गरे ।

नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय कार्यक्रमा सहभागी हुन लागेको निशालाई हौसला प्रदान आफुले साना सहयोग गरेको कस्मो ट्रेडिङका अध्यक्ष रेशम लामाले बताए । वलिउड शोडाउन नेपाल नामक संस्थाले निशालाई ‘मिस ग्राण्ड नेपाल २०१९’को उपाधि सहित ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’ मा पठाउन लागेको हो ।

८० देशका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगितामा निशाले भिजिट नेपाल २०२० को प्रचार गर्दै बिश्वका प्रतिनिधिलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछिन् । इप्लानेट प्रालीको संयोजनमा प्रतियोगितामा सहभागी हुन लागेकी निशाले नेपाली कलासंस्कृति झल्कने बिभिन्न भोषभुसा सहितको नृत्य समेत कार्यक्रममा प्रस्तुत गर्ने वलिउड शोडाउनका निर्देशक सुरेस तामाङले जानकारी दिए ।

प्रतियोगिताका लागि निशाले बिभिन्न प्रशिक्षण समेत लिएकी छन् । २२ बर्षीया निशासँग मिस हेरिटेज इन्टरनेशनल २०१५, मिष्टर एण्ड मिस कल्चर वल्र्ड २०१९ लगायत सौदर्य प्रतियोगिताको समेत अनुभव रहेको छ । नेपालका लागि शिर्ष उपाधि भित्र्याउने लक्ष्यसहितआफु प्रतियोगितामा सहभागी हुन लागेको निशाले बताइन् । ‘नेपाल चिनाउन मेरो लागि यो एउटा अवसर हो । सफल भएर फर्किने छु,’ उनले भनिन् ।