समाचार

महरा प्रकरणमा पिडित भनिएकी महिलाको प्रहरीमा निवेदनः म माथि कुनै दर्वयवहार भएको छैन

काठमाडौं । सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुव्र्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुव्र्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन् ।

तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा हिजो साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी हुन् ।

उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।”

पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् ।