अन्तर्राष्ट्रिय

भारतको पटनाका दश हजार बाढी पीडितको उद्धार

एजेन्सी । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ । विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार जानकारी दिएका छन् ।

एएनआईसँगको कुराकानीमा उनले भने, “हाम्रो फौजले दश हजार जनालाई डुबान भएको ठाउँबाट बाहिर निकालेको छ, उनीहरूलाई राहत सामग्रीहरू पनि वितरण गरिएको छ ।”

उनले उद्धार गरिएकाहरूलाई थप खाद्य पदार्थसहित अत्यावश्यक सामग्रीहरूको अभाव भएको पनि बताए । विगत केहीदिनदेखि यस क्षेत्रमा वर्षा भएको र बाढीबाट हजारौँ प्रभावित भएको समाचार आइरहेको थियो । सिंहले अझै पनि पानीको तह पूरै नहटेको बताए ।

उद्धार गरिएकाहरूलाई डुङ्गाबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । “पानी सकिएपछि ट्याक्टरको प्रयोग गर्ने योजना बनाएका छौँ,” उनलेभने । भारतको विहारसहित केही प्रदेशहरूमा विगत केहीदिनदेखि आएको अत्यधिक वर्षाका कारण केहीको मृत्यु भएको छ भने हजारौँ विस्थापित र लाखौँ प्रभावित भएका छन्