अन्तर्राष्ट्रिय

विश्व सैन्य खेलकूदमा २ लाख ३६ हजार स्वयमसेवक हुने

एजेन्सी । चीनमा हुन लागेको सातौँ विश्व सैन्य खेलकूद प्रतियोगितामा दुई लाख ३६ हजार जना स्वयमसेवक परिचालन हुनेभएका छन् । तीमध्ये दुई लाख १० हजार जना शहरी क्षेत्रमा र बाँकी २६ हजार जना खेल मैदान क्षेत्रमा परिचालित हुनेभएका हुन् ।

आयोजकहरुले बुधबार दिएको जानकारीअनुसार खेलकूदका लागि चीनमा तयारी तीव्र पारिएको छ । कार्यक्रमका लागि परिचालित हुने स्वयमसेवकहरुमध्ये अधिकांश कलेजका विद्यार्थी रहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले १७८ जना विदेशी विद्यार्थी पनि सहभागी हुने बताएका छन् ।

यस क्षेत्रमा ८० भन्दा बढी विश्वविद्यालयमा गरी दशौँ लाखभन्दा बढी कलेज तहका विद्यार्थी रहेका छन् । स्वयमसेवकमा छनौट भएकाहरुलाई स्वयसेवकसम्बन्धी व्यावसायीक तालिम पनि दिइने आयोजकहरुले बताएका छन् ।

स्वयमसेवक बन्ने सम्झौता गरेपछि उनीहरुलाई खेलकूदको स्थान, सडक निर्देशिका, भाषा सेवा, खेलकूदसम्बन्धी गतिविधि र प्रक्रिया, कार्यक्रमको प्रचारप्रसार, यातायातको व्यवस्था, व्यापारिक तथा पर्यटकीय क्षेत्रलगायतका बारेमा जानकारी गराइएने भएको छ । चीनको उहानमा यही अक्टोबर १८ देखि २७ सम्म सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता हुने तय भएअनुसार तयारी तीव्र रुपमा अगाडि बढेको हो ।