आर्थिक

दशैंको मुखमा ज्योति विकास बैंकद्वारा महाराजगंजमा वृक्षारोपण

काठमाण्डौ । ज्योति विकास बैंकले बुधबार काठमाण्डौको महाराजगंजमा वृक्षारोपण गरेको छ। काठमाण्डौ महानगरपालिका र वडा नं३ महाराजगंजसंगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगंजदेखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षारोपण गरेको छ।

कार्यक्रममा ज्योति विकासबैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र वडा नं३ महाराजगंजका वडाध्यक्ष दिपक केसीले संयुक्त रुपमा वृक्ष रोपेका थिए।

काठमाण्डौ महानगरपालिकाको हरियाली प्रवर्द्धन नितिअनुरुपको सो कार्यक्रममा ज्योति विकास बैंक अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले ४० वटा वृक्षारोपणको लागि सहयोग गरेकोछ। संस्थागत सामाजिक उत्तर दायित्वको हेतुले सिर्जना गरिएको ज्योति विकास बैंकको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउंदै आएको छ। दशैंको मुखमा सबै नेपालीहरु व्यस्त रहेका बेला ज्योती विकास बैंक भने सामाजिक कार्यमा लागेको देख्नु सह्रानीय कार्य हो ।