राजनीति

धनराजको प्रश्नः जनताकोमा चामल नहुँदा मन्त्री/सँसदलाई भत्ता बाँड्नेहरु जुका, जुम्रा र किर्ना हुन् त?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले नेकपा नेतृत्वको दुईतिहाई केपी ओली सरकारले मन्त्री र साँसदलाई वितरण गर्न लागेको दशैं भत्ताको बिरोध जनाएका छन् । नेता गुरुङले एउटा समाचार पढ्दा कुनै दलीतको घरमा चामल पैंचो मागेको घटनालाई जोड्दै जनतालाई चामलपनि नहुने तर नेता र उच्च पद स्त ब्यक्तीलाई दशैं भत्ता वितरण गर्ने कार्य राम्रो नभएको संकेत गर्दै बिरोध जनाएका हुन् । उनले गरिब जनताको खुन चुसेर मुलुक बन्न नसक्ने ठोकुवा गर्दै नेताहरु जुका, जुम्रा र किर्ना जस्तै परजीवि नै हुन् त? भन्ने प्रश्न गरेका छन्

उनी भन्छन्ः ‘गल्याङ–९ साङ्लियामा भीम ब.दमाईको मृत्यु पश्चात उनकी श्रीमती कोरा वस्त्रमै छिमेकीको घरमा चामल पैंचो माग्न गएको समाचार पढें। यता सरकारले भने मन्त्री र सांसदहरुलाई दशैं भत्ता वितरण गरेछ। नेताहरु जुका, जुम्रा र किर्ना जस्तै परजीवि नै हुन् त? गरीब जनताको रगत चुसेर देश समृद्व बन्दैन।’