लुम्बिनी

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

नेपालगंज । नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ ।
छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर र खजुरा शाखाबाट ऋण प्रवाह भएको देखिएको हुँदा उक्त कुरा सही हो वा होइन भनी जाँचबुझ गर्न ऋणीलाई सम्पर्कमा आउन भनिएको हो ।
सबै ऋणीलाई ऋणका कागजातसहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउन अनुरोध गरिएको बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहले बताए।

ज्येष्ठ नागरिक सम्मान

२९औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बाँकेका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्वाबलम्बी ज्येष्ठ नागरिक सेवा केन्द्र समाज, निलसागर सेवाआश्रम, भेरी वृद्धआश्रम र नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, स्वावलम्बी ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नरबहादुर हमाल ज्येष्ठ नागरिकको योगदानलाई सबैले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।
दिवसकै अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–१३ मा पनि अन्तक्र्रिया तथा विजयादशमी,शुभ दीपवली तथा छठ पर्वको शुभकामना कार्यक्रम गरिएको थियो ।