राजनीति

ओली सरकारले जनताको भावना अनुसार एक थोपा पनि काम गरेनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकासमा सिंहले वर्तमान ओली नेतृत्वको सरकार संविधानको भावना विपरीत अघि वढेको बताएका छन् ।

जनतालाई संविधानले प्रत्याभुत गरेका अधिकार हनन् गर्दै दुई तिहाईको कम्युनिष्ट ओली सरकारले जनताको भावना अनुसार कुनै पनि कार्य नगरेको बताएका हुन् । रेल र पानी जहाजको ठुलो– ठुलो सपना देखाउने ओली सरकारले जनताका आधारभुत आवस्यकता पनि पुरा गर्न नसकेको बताएका छन् ।

काठमाडौंमा आज आयोजना एक कार्यक्रममा बोल्दै नेता सिंहले जनतालाई कानुनि राज्य छ भन्ने महसुश गराउनका लागि सरकारले निर्मला हत्या प्रकरण र सभामुख महराको बलात्कार आरोपको निष्पक्ष छानबिन गर्नपर्नेमा जोड दिएका छन् । साथै चाडपर्वको समयमा बजारभामा तरकारी देखी लिएर हरेक वस्तुको भाउमा अत्यधिक महंगि बढिरहंदा नियन्त्रण व्यवस्थापन गर्न नसक्नुले ओली सरकारलाई मुलुकमै कमजोर र लापरबाहि सरकारको संज्ञा दिएका छन् ।

उनले दुई तिहाईको कम्युनिष्ट ओली सरकार जनताको कुनै पनि भावना बाट नचली भ्रष्टचारमा लिप्त रहको आरोप पनि लगाएका छन् । जनतालाई हरेक आधारभुत आवस्यकता पुरा गर्नुे पर्नेमा हरेक आवस्यकता कटौति गर्दै गएको उनको भनाई छ ।

राष्ट्रिय गौरवक आयोजना समयमा पुरा गर्न नसकेको दुई तिहाई सरकार असक्षम भएको पुष्टि हुने बताएका छन् । जनतालाई हरेक कुरामा अनावस्यक दुःख दिने हस्तक्षेप गर्ने सरकारका कारणले पनि विकाश निमार्णका कार्यमा सफलता प्राप्त नभएको उनको भनाई छ ।

कांग्रेस एक ढिक्कका भएर अघि वढेमा मुलुकको पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने पनि उनले दाबी गरेका छन्  । साथै पार्टिलाई बलियो बनाउनलाई आ–आफ्नो स्थानबाट कार्य गर्ने उनले पार्टी नेतृत्वका साथै कार्यकर्ता लाई आग्रह पनि गरेका छन् ।