आर्थिक

जनरल इन्स्योरेन्स कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाललि। ले प्रति शेयर .१०० अंकित दरको ३० लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमाजनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एसके टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी  २ अर्व, जारी पूँजी  १अर्व र चुक्तापूँजी ७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चातकम्पनीको चुक्तापूँजी १ अरब हुने छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४/०८/१०मापब्लिक लिमिटेड कम्पनीको रुपमाकम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७४/१०/२४ गते बीमा समिति बाट निर्जीवन बीमा कारोबार गर्न इजाजत पत्र प्राप्त गरेको यस कम्पनीले २०७४/०३/०६गतेदेखि आफ्नो बीमा सम्बन्धी कारोवारको शुभारम्भ गरेको हो । यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसार, काठमाण्डौंमा रहेको छ ।

कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु काठमाण्डौ उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर,बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, बिरगंज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावशोती, बुटवल, भैरहवा, घोराही, नेपालगंज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्रम, फसिटकर, भुमहीमा काठमाण्डौ उपत्यकाभित्र कालिमाटि, महाराजगंज, चावहील, न्यूरोड, नयाँबानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरि जम्मा ३७ वटा शाखाकार्यालय र १० तेश्रो पक्ष बीमा काउण्टर मार्फत् बीमा सेवाप्रदान गरि रहेकोछ ।