आर्थिक

दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा खुल्ला रहने

काठमाडौं । बडा दशैको बिदाका दिनमा पनि राष्ट्रिय वाणिज्य बैंकका २२ वटै शाखा खुल्ला रहने भएका छन् । नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा बिदा हुने दिनहरु आश्विन १८, १९, २० र २२ गते पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरु बिहान १० बजे देखि १ बजे सम्म खुल्ला रहने बैंकले जनाएको हो ।

एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रि.अ.विमानस्थल खुल्ला रहने जनाएको हो । त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालयहरु विर्तामोड, दमक, इटहरी, बिराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन् ।

शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन (आश्विन २१ गते) पनि खुल्ला रहने छन् । उक्त बिदाका दिन खुल्ला रहने शाखाहरुबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहाकहरुलाई सेवा प्रदान गर्ने जानकारी दिएको छ ।बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको पनि जानकारी दिएको छ ।

यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बेस रेट ६।२३ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।