मनोरञ्जन

निशान र मेलिनाको हावा चल्यो सार्वजनीकः वर्षा र अर्जुनको अभिनय

काठमाडौं । गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।

गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् ।  संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ । नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन् ।

यस्तो बन्यो भिडियोः

https://youtu.be/mbgCg09qf48