आर्थिक

कोका–कोलाले चाडपर्वलाई विशेष बनाउनेःआमाहरुसँग उत्सव मनाउँदै

काठमाडौं । “शेयर अ कोक” को स्थानीयकृत रुप “मन खोलौं कोक सँग” को चौथो संस्करण जारी गर्दै यस पटक कोका–कोलाले आफ्ना उपभोक्ताहरुलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।

यस वर्ष कोका–कोलाले -My Mom makes my Dashain special_ भन्ने थीम सहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ । यस अभियानले आमाहरुले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निस्वार्थ काम तथा अथक प्रयासहरु गर्दछन् भन्ने सन्देश दिएको छ । आमाको उपस्थीति र प्रयासका कारण नै दशैं हर्ष, खुशी र उत्सवका साथ शुरु हुन्छ र उपरोक्षसम्म रहन्छ । दशैंको विशेष अंश भनेको सधैं हाम्रो आमा र उहाँको माया हो ।

आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै कोका–कोलाले चाडपर्वको अवसरमा हामीले आमाहरुलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । दशैं र तिहारमा आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै यी लेबलहरु नियमित लेबलको ठाउँमा राखिएको छ ।

यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौंलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चङ्गा, दशैंको पिङ्ग, सयपत्री फूल लगायत राखिएको छ । यसका अतिरिक्त, यो सन्देश कोका–कोला नेपालको हालको टिभी कमर्सीयलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको छ ।

उक्त कमर्सीयलमा, आमा छोराछोरीको दशैंलाई विशेष बनाउन कडा परिश्रम गरिरहेकी छिन् भने छोराछोरीहरु आफ्नै संसारमा मस्त छन् । तर, कोकको सानो स्मरणका कारण बच्चाहरुले दशैंको सम्पूर्ण कामहरु आफै गरेर आमालाई आश्चर्य बनाउदै सुन्दर इशारा देखाएका छन् ।

अभियानका बारेमा कोका–कोलाका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने , “यो वर्ष आमाहरु र उनीहरुले हाम्रो जीवनमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्ने प्रयासमा हामीले आमाहरुलाई बोलाउने ६ वटा प्रिय शब्दहरु भएको लेबल सार्वजनिक गरेका छौं ।

कोका–कोलाले तपाईको दशैंलाई जुन व्यक्ति विशेष बनाउँछ त्यही व्यक्तिसँग दशैं मनाउन प्रत्सोहान गर्दछ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप प्राण्डेले भने , “कोका–कोला नेपालले सधैं सम्बन्धहरुको हर्ष मनाउदै आइरहेको छ । यो वर्ष हामीहरुले सधाझैं दशैंलाई विशेष बनाउने हाम्रा आमाहरुका साथ मनाउदै छौं ।

हामी– कोका–कोलाले सदैव उपभोक्ताहरुलाई कदर गर्दै आइरहेका छौं, र यो नयाँ लेबलले उपभोक्ताहरुलाई सम्बन्ध मज्बुत बनाउन प्रत्सोहान गर्नेछ र उनीहरुले कोकमार्फत आफ्नासँग मन खोल्नेछन् भन्ने आशा गरेका छौं ।”यो अभियान #AamaBinaKRamailo ह्यासट्याग प्रयोग गरेर सामाजिक संजालमार्फत पनि प्रबद्र्धन गरिएको छ ।

डिजिटल भिडियोमा इनफ्लुयन्सर र उनीहरुको आमासँगको रियल–टाईम पलहरुलाई पुनसृजना गर्नुका साथै उक्त क्षणलाई कैद गरिएको छ । डिजिटल भिडियोमा देखाइए अनुसार, मोडेल रअभिनेत्री शुभेक्षा खड्काले उनकी आमाले सानोमा हेरचाह गर्नका लागि गर्ने साना तथा महत्वपूर्ण कार्यहरु जाहिर गरेको देखिन्छ । उनको आमालाई अर्को अलग कोठामा राखिएको हुन्छ र शुभेक्षा यस विषयमा अनविग्य छिन् ।