शिक्षा

कान्तिपुर इन्जिनीयरि¨ कलेजको दोस्रो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । कान्तिपुर इन्जिनीयरि¨ कलेजले इन्जिनीयरि¨ र प्रविधी विषयको दोस्रो अन्तराष्ट्रिय सम्मेलन यहि असोज ९ गते कलेज परिसर धापाखेल ललितपुरमा भव्यताका साथ सम्पन्न गरेको छ ।

सो मम्मेलनको उद्घाटन, कायक्रमका प्रमुख अतिथी तथा नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले गरेका थिए । कान्तिपुर इन्जिनीयरि¨ कलेजका प्रिन्सिपल ई. रामेश्वर रिजालले स्वागत भाषण गरेका थिए भने नेपाल इन्जिनीयरि¨ परिषदका उप–सभापति ई. अर्नराज सिलवाल र नेपाल इन्जिनीयस् एसोसिएसनका उप सभापति ई. आसीस घिमिरेले के.इ.सी सम्मेलनका बारेमा मन्तव्य राखेका थिए ।

सो उद्घाटन समारोहको अध्यक्षता कान्तिपुर इन्जिनीयरि¨ कलेजका अध्यक्ष ई. डा. ताराप्रसाद पोखरेलले गरेका थिए। डा. ताराप्रसाद पोखरेलले सो सम्मेलनमा उपस्थित हुनुभएका र सम्मेलनलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

उक्त सम्मेलनमा २ वटा  Symphosium, ५ वटा शत्रमा गरी चालिसभन्दा बढिले आफ्नोे खोज एवं अनुसन्धान प्रस्तुत गरेका थिए । टोकियो सिटि युनिभरसिटीका डा. काजुया इटो र टोटल विजनेश सोलुसन, म्यानमारका डा.सोइ मोइ कवा विनले Key Note Speech प्रस्तुत गरेका थिए । सो सम्मेलनमा नेपाल भित्र र बाहिरका गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनको समापन समारोहमा कान्तिपुर इन्जिनीयरि¨ कलेजका सहायक प्रिन्सिपल डा. केशर प्रसाईले उत्कृष्ट paper हरुलाई पुरस्कृत गरेका थिए । उक्त सम्मेलन आयोजक समितिका अध्यक्ष डा. सुरेन्द्रबहादुर ताम्राकारले सबै प्रायोजक, अनुसन्धान Symphosium पार्टनर र कार्यक्रममा उपस्थित सबैलाई यस कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा धन्यवाद प्रकट गरो थिए ।

कान्तिपुर सम्मेलनको प्रायोजन Broadway Infosys, 4G Engineering Solutions, Tech Axis, Neosphere  र पिकासो कान्सलटेन्टले गरेका थिए भने Symphosium पार्टनर र अनुसन्धान पार्टनरमा S4W-Nepal, Safe Sustainable Travel Nepal,RCCSRI, REDAC / USM  रहेका थिए ।