समाचार

नेता रावल महरा बलात्कार काण्डमा आज विहानै बोले, भन्छन्, ‘निस्पक्ष छानविन गरेर कडा कारबाही हुनुपर्छ’

काठमाण्डौ । नेकपाका नेता भीम रावलले बलात्कारको आरोपपछि राजिनामा दिएका कृष्णबहादुर महरालाई छानविन गरी कारबाही गर्न माग गरेका छन् । बुधबार एकाबिहानै ट्वीट् गर्दै नेकपाको बिधान भएको र लोकतन्त्र जोगाउन उक्त घटनामा निश्पक्ष छानविन र दोषी देखिएमा कडा कारबाही गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

रक्सी पीएर बलात्कार गरेको र पीटेको समेत आरोप लगाउँदै पत्रिकामा अन्तरवार्ता दिएकी रोशनी शाहीले पछि पुनः महरालाई बाबु समानको मान्छे भएको र आफूले त्यस्तो सोच्न पनि नसक्ने बताईरहेका बेला नेता रावलको ट्वीट आएको छ । उनको ट्वीटको संकेतले निश्पक्ष छानविन गर्न संकेतमात्र गरेको छैन यसले शाहीमाथी प्रभाव पार्न दिन नहुनेतर्फ समेत सचेत रहनुपर्ने देखाउछ ।

उनी भन्छन्, ‘कानूनी शासन, सुशासन, सदाचार र जनआवाजको कदर लोकतन्त्रको विकासका लागि अपरिहार्य छन् । नेकपाका पनि विधान, घोषित नीति र सिद्धान्त छन् । यी सबै कुराका साथै कानून र सामाजिक मर्यादा अनुरूप महरा प्रकरणको निष्पक्ष छानबीन गरी तथ्य अनुरूप उचित कार्वाई हुनुपर्छ ।’