राजनीति

सभामुख महराको बलात्कार काण्ड निश्पक्ष छानविन नगरी ढाकछोप गरे दुर्भाग्य हुन्छः अध्यक्ष थापा

काठमाण्डौ । राप्रपा अधयक्ष कमल थापाले सभामुखको बलात्कार काण्डले राजनीतिक क्षेत्रलाई बदनाम गराएको विचार व्यक्त गरेका छन् । अध्यक्ष थापाले उत्त, काण्डका बिरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं चासो लिएर छानबिन गर्नुपर्ने बताएका छन् । उनले ढाकछोप गरी सभामुखलाई बचाउने प्रयास प्रधानमन्त्रीबाट नहुने बताउँदै त्यसो भए दुर्भाग्य हुने बताएका छन् । सभामुख महराले भने छानविन गर्न सजिलो होस् भन्दै नैतिकताको आधारमा आज पदबाट उपसभामुखसमक्ष राजिनामा दिईसकेका छन् ।

उनी भन्छन्, ‘महराको बलात्कार काण्डले समग्र राजनीतिक क्षेत्रलाई नै बदनाम गरेको छ। यो कलंक हो। निष्पक्ष छानबिन र कारवाही भएन भने, ढाकछोप गर्ने प्रयास भयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। @kpsharmaoli अग्नि परीक्षामा हुनुहुन्छ।’