समाचार

रक्सी पीएर गैरजिम्मेवार रुपमा बलात्कार गरी कुटपीट आरोप लागेका सभामुख महराद्वारा राजिनामा

काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजिनामा दिएका छन् । एक महिलालाई रक्सी पीएर बलात्कार गरेको आरेपमा आलोचित भएपछि ननेकपाकाअधयक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालले राजिनामा दिन निर्देशन दिएपछि राजिनामा दिएको बताईएकोे छ । सभामुख महराले कर्मचारी महिलालाई बलत्कार गरी लछारपछार गरेको समाचारले पछिल्लो समय विश्वभरका नेपालीहरुको ध्यान केन्द्रीत भएको छ ।

कसैले महरालाई फाँसी दिनुपर्छ भनेका छन् भने कसैले हदैसम्मको कारबाही हुनुपर्छ भनेका छन् । सचिवालयको बैठक नसकिकन राजिनामा पत्र आउनु स्वागतयोग्य देखिएको छ । सभामुख महराले सत्यतथ्य छानविन गरी अनुसंधान गर्न सहज होस् भनी छानविन प्रकृया नसकिँदासम्मका लागि नैतिकताका आधारमा राजिनामा दिएको राजिनामा पत्रमा बताएका छन् ।

सभामुखलाई आज विहानै प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन निर्देशन दिएका थिए । पार्टी एकीकरण नभईकन सभामुख महरामाथी प्रहार भएको भन्दै पूर्व माओबादीका केही नेताहरुले भने पुर्व एमालेले चरित्र हतया गर्न खोजेको आरोप लगाएका छन् । नेकपा सचिवालय वैठकले पनि उनलाई राजिनामा दिन आग्रह गरिसकेको छ ।

उनको राजिनामा पत्र