राजनीति

नेकपा बैठक– सभामुख महरालाई राजिनामा दिन दबाब, पुर्व एमालेले फसाएको आरोप

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइए पनि सभामुख कृष्णबहादुर महरा एक युवतीसंगको बलात्कार काण्डामा मुछिएपछि उनलाइ राजीनामा दिन लगाउन सहमती जुटाउने बिषयमा बस्न लागेको बुझिएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।

नेकपा अधयक्षमात्र नभएर प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले भित्री रुपमा सभामुख महराले गरेको गलत कार्यको छानबिनमा सहज होस् भन्ने हेतुले राजीनामा दिन निर्देशन दिईसकेको बिभिन्न माद्यमहरुमा समाचार आईरहेको छ ।

सभामुख महरालाई राजीनामा दिलाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल समेत सहमत रहेको दाबी गरिएको छ । नेकपाका नेता रहेका महरालाई पुर्ब एमालेहरुले फसाएको आरोप नेकपाभित्र लाग्न थालेको छ ।