मनोरञ्जन

गायिका मेनुका राईको आवाजमा ” भुटेको मकैः भिडियो सहित

काठमाडौँ । पुर्वेली लोकप्रिय गायिका मेनुका राई र गायक विक्रम राईको आवाजमा सजिएको मौलिक ” भुटेको मकै ” गीतको भिडियो सार्वजनिक भएको छ ।

टिका बोमजन को शब्द तथा पवन लामा को एरेन्ज गीतमा रहेको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालुलाई चिल गाडिलाई धुमाएर सपनाको संसारमा सजाउनको लागी गायिका मेनुकाले आग्रह गरेकी छन ।

अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” भुटेको मकै” गीतको भिडियोमा पुर्णिमा राई , रोहित बस्नेत , र साथीहरु को अभिनय रहेको छ ।