राजनीति

नेता गुरुङको प्रश्नः सभामुख महराको बलात्कार काण्डको बिषयमा ओली सरकार किन मौन?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले सभामुख कृष्ण बहादुर महरालाई महिलामाथी जबरजस्तीकरणीको आरोप लागेपछि नेकपा नेतृत्वको केपी शर्मा ओली सरकार मुक दर्शक भएकोमा प्रश्न गरेका छन् । सोमबार सभामुख महराको बिरुद्धमा एक महिलाले आफूलाई बलात्कार भई सभामुख महराले पीटेको भनेपछि सामाजिक संजाल लगायतमा नेकपा र सभामुख महराको बिरुद्धमा चर्का आवाजहरु उठेका छन् ।

त्यसैबीच नेता गुरुङले सभामुख महराले रक्सी पीएर, बलात्कार गरी पीटेको घटनालाई सामान्य भन्दै ती पीडित महिलालाई फोन गर्नुमा पनि नेता गुरुङले आपत्ती जनाएका छन् ।

विश्वभरका नेपालीहरुले सभामुख महराको राजनीनामा माग्नेदेखी हदैसम्मको कारबाही गर्नुपर्ने माग सर्बत्र उठ्न थालेको छ। नेकपाले भने आफ्नो आधिकारिक धारण राखेको छैन । सभामुख महराले विज्ञप्ती जारी गर्दै सर्मचारी समायोजनको असर भन्ने प्रतिकृया दिएका छन् । महिला अधिकारबादी संस्थाहरुले त महरालाई फाँसी दिनुपर्ने बताईरहेका छन् । यसैबीचमा भ्रष्टाचार बिरुद्धका अभियान्ता काँग्रेस नेता गुरुङको कडा प्रतिकृया आएको हो ।

उनी भनछन् “सभामुख जस्तो सम्मानित पदमा आशिन व्यक्तिलाई जबरजस्ती करणीको आरोप लागेकोछ। पीडित महिलाले संचारमाध्यममा वोलिरहँदा स्वयम सभामुखले पीडित महिलालाई फोन गरेर ‘यो सामन्य घटना हो’ भन्नु, भनेर पटक–पटक फोन गरेको सार्बजनिक भैसक्यो। तैपनि सरकार किन मुकदर्शक?”